१. सेकेन्ड ह्यान्ड स्मोकिङ भनेको त्यो धुवाँ हो जुन अरुले चुरोट सल्काएपछि वातारवरणमा फैैलिन्छ र यो सेवन नगर्ने व्यक्तिहरुलाई पनि त्यत्तिकै असर गर्छ।
२. विश्व स्वास्थ संगठनको सुर्ती नियन्त्रणसम्बधी महासन्धिकोे धारा ८ अनुसार धूमपानको धुँवाको कुनै सुरक्षित मात्रा छैन। सय प्रतिशत धुवाँमुक्त वातावरण मात्र जनतालाई सेकेन्ड ह्यान्ड स्मोकिङबाट बचाउने उपाय हो।
३. सेकेन्ड ह्यान्ड स्मोकिङले १० लाखको अल्पायुमा मृत्यु हुन्छ। धुँवामा ४ हजारभन्दा बढी रसायन हुन्छ। जसमध्ये २५० वटा रसायन बढी हानिकारक मानिन्छन्। यसमध्ये ५० भन्दा बढीले क्यान्सर लगाउने सम्भावना हुन्छ।
४. वयस्क मानिसमा सेकेन्ड ह्यान्ड स्मोकिङका कारण मुटु र स्वासप्रश्वाससम्बन्धी क्यासर हुन्छ। साथै गर्भवती भएका महिलामा यसले कम तौल भएको बच्चा जन्मन्छन्।
५. छुट्टै वा भेन्टिलेटेड चुरोट खाने क्षेत्रले सेकेन्ड ह्यान्ड स्मोकिङबाट अरुलाई बचाउँदैन। सेकेन्ड ह्यान्ड स्मोक एउटा क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै बहन सक्छ।
६. लगभग ४० प्रतिशत बालबालिकाहरु सेकेन्ड ह्यान्ड स्मोकिङको प्रभावमा पर्छन्। बालबालिकाको मृत्युको ३१ प्रतिशत कारण सेकेन्ड ह्यान्ड स्मोकिङ हो।
७. सेकेन्ड ह्यान्ड स्मोकिङको प्रभावमा पर्ने युवा दुई गुणा बढी चुरोटको लतमा लाग्ने गर्छन्।
८. विश्वको दस प्रतिशत सुर्तिजन्य पदार्थको आर्थिक भार सेकेन्ड ह्यान्ड स्मोकिङमा जान्छ।
९. विश्वका ९४ प्रतिशत व्यक्तिहरु धुवाँमुक्त कानुनका कारण असुरक्षित छन्। तर सन् २००८ मा सेकेन्ड ह्यान्ड स्मोकिङको कडा नियमका कारण यसबाट हुने असुरक्षा ७४ प्रतिशतमा झरेको छ। विश्वको १०० सबैभन्दा धेरै जनसंख्या भएको सहरमध्ये २२ वटा मात्र धुवाँरहित छन्।
१०. सेकेन्ड ह्यान्ड स्मोकिङबाट बचाउन विश्व स्वास्थ्य संगठनले एमपावर नामक प्याकेज ल्याएको छ, जुन सुर्ती नियन्त्रणसम्बन्धी महासन्धिमा उल्लेखित छ।