काठमाडौँ– स्टार हस्पिटलले विश्व धुमपान रहित दिवसको अवसरमा इन्डोक्राइनोलोजी विभाग र लाइफस्टाइल तथा योग क्लिनिक सेवा आजबाट सुरु गरेको छ।
नयाँ सेवा उद्घाटन गर्न पुगेका स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले सुर्तीजन्य पदार्थ मन्द विष रहेको बताउँदै जनचेतना आवश्यक रहेको बताए।
अस्पतालका मेडिकल डाइरेक्टर मुटुराेग विशेषज्ञ डा प्रकाशराज रेग्मीले नसर्ने रोग विश्वमा मात्र नभइ नेपालमा पनि जोखिम रहेको बताउँदै त्यस्ता रोगहरु लाग्न नदिन यी दुवै विभागले सहयोग गर्ने बताए।
लाइफस्टाइल र योगा क्लिनिकले मोटोपन घटाउने कार्यक्रम, चुरोट तथा सुर्ती छुटाउने कार्यक्रम, मानसिक तनाव व्यवस्थपान कार्यक्रम र शारीरिक तन्दरुस्ती प्रबद्र्धनको सेवा दिने छ । त्यसैगरी इन्डोक्राइनोलोजी विभागले मधुमेह थाइरोइड तथा हार्मोन रोग सम्बन्धी उपचारहरु प्रदान गर्नेछ।