काठमाडौं- सुर्तीजन्य पदार्थ नियन्त्रणमा सक्रिय भूमिका खेलेका विभिन्न व्यक्ति तथा संस्थालाई नगद ५० हजार राशीको स्वास्थ्यमन्त्री व्लूमबर्ग पुरस्कार प्रदान गरिएको छ।
स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा संस्थागत र व्यक्तिगत तर्फ गरी ६ विधामा पुरस्कार प्रदान गरिएको हो। पुरस्कार पाउनेमा पत्रकार तर्फ गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेल, नीति निर्माणमा उत्कृष्ट काम गरेवापत पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद खगराज अधिकारी छन् र नीति कार्यान्वयमा सक्रिय ढंगले लागेका काठमाडौँका तत्कालिन प्रमुख जिल्ला अधिकारी (हाल गृहमन्त्रालय) रामकृष्ण सुवेदी रहेका छन्।
संस्थागत तर्फ भने स्वास्थ्य पत्रकार मञ्च नेपाल, नयाँ पत्रिका दैनिक र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय रहेका छन्।