काठमाडौं - गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुरस्कृत गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य मन्त्री ब्लुमबर्ग पुरस्कार’ प्रदान गरेको हो। स्वास्थ्य पत्रकारीता तथा सुर्तीजन्य पदार्थमा उल्लेखनीय योगदान गरेको भन्दै मन्त्रालयले उक्त पुरस्कार प्रदान गरेको हो ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पत्रकार ढुंगेललाई नगद ५० हजार राशी सहित सम्मान गरेका हुनं। ढुंगेलले बिगत १३ बर्ष देखि गोरखापत्र दैनिकमा स्वास्थ्य बिटमा कलम चलाइरहेका छन।
नेपालले धुम्रपान नियन्त्रणमा सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र राख्ने कानुन विश्वमा पहिलो पटक बनाएकोमा नेपालले एक लाख डलरको ‘अन्र्तराष्ट्रिय ब्लुमवर्ग फिल एन्थ्रोपिज अवार्ड’ जित्न सफल भएको थियो। त्यहि रकमबाट व्याज आएको पैसाले धूमपान विरुद्ध काम गर्ने व्यक्ति तथा संघसस्थालाई विश्व धुमपान रहित दिवसको अवसर पारेर सम्मान गरिएको हो।