काठमाडौं- विश्व वातावरण दिवसका अवसरमा टोखास्थित ग्रान्डी अस्पतालले वृक्षारोपण गरेको छ। ‘स्वच्छ वायू, स्वस्थ्य जीवन’ को नारा सहित दिवसका अवसरमा अस्पताल परिसरमा वृक्षारोपण गरिएको हो।
अस्पताल सञ्चालक समितिका सदस्य डा साधुराम पाण्डे, अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे, विभिन्न युनिटका कन्सलट्यान्ट डाक्टर, नर्स तथा कर्मचारीले अस्पताल परिसरमा सरसफाइसँगै वृक्षारोपण गरेका हुन्।