बुटवल– नेपाल स्वास्थ्यकर्मी संघको २८औं स्थापना दिवसको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले आत्मशान्ति अनाथ आश्रम मणिग्रामका बालबालिकालाई सरसफाइका सामग्री तथा लत्ताकपडा वितरण गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व राज्यमन्त्री अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँड, नेपाल स्वास्थ्यकर्मी संघकf सचिव नमनारायण बेल्बासेका साथै समाजसेवी, बुद्धिजिवी तथा स्वास्थ्यकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल स्वास्थ्यकर्मी संघको स्थापना २०४८ जेठ २४ गते डा चोपलाल भुसालको अध्यक्षतामा गठन भएको थियो। संघले स्वास्थ्यकर्मीलाई आइपर्ने समस्या, कर्मचारीको वृत्तिविकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ।