काठमाडौँ– नेपाल स्वास्थ्यकर्मी संघको २८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
नेपाल ट्रेड युनियन काँग्रेसको उपमहासचिव राधिका कुईकेल खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए।
रक्तदान गरेकालाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै संघका भक्तपुर अध्यक्ष राजकुमार थापाले संघ व्यवस्थित हुुनुपर्ने र समायोजनले सबैलाई न्याय हुनुपर्ने बताए।
त्यसैगरी संघका केन्द्रिय सहअध्यक्ष ओमप्रसाद उपाध्यायले समायोजनले स्वास्थ्य सेवा अस्तव्यस्त बनाएकोले व्यवस्थित समायोजन हुनुपर्ने विचार राखेका थिए।