काठमाडौं– घुँडा प्रत्यारोपणसम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
नेपाल अर्थोपेडिक एसोसिएसन अन्तर्गत जोर्नी प्रत्यारोपण उपसमितिको आयोजनामा बिएन्डबि हस्पतालमा भएको गोष्ठीमा ७० जना भन्दा बढी हाडजोर्नी डाक्टरको उपस्थिति थियो।
उक्त कार्यक्रममा नेपालमा जोर्नी प्रत्यारोपणमा उल्लेख्य भूमिका खेलेका डा अशोककुमार बास्कोटा, डा अशोकरत्न बर्जाचार्य, डा बाबुकाजी श्रेष्ठ, डा दीपकप्रकाश महरा र डा चक्रराज पाण्डेलाई नेपाल अर्थोपेडिक एसोसिएसनका अध्यक्ष डा रोदितकुमार पोखरेल र अर्थोप्लास्टी सब कमिटीका अध्यक्ष डा दीर्घराज आरसीले सम्मान गरेका थिए।
कार्यक्रममा घुँडा प्रत्यारोपणका बारेमा विस्तृत सिप र ज्ञानको आदानप्रदान भएको थियो। भविष्यमा पनि यस्तै गोष्ठीहरु गरेर ज्ञान र सिप विकास गर्ने प्रतिवद्धता सब कमिटीका महासचिव डा सुमनबाबु मरहट्ठाले व्यक्त गरेका थिए।