डडेल्धुरा– बझाङको छविसपाथिभेरा गाँउपालिका–२ ले नवजात शिशु र सुत्केरीलाई सरसफाइ प्रोत्साहन भत्ता दिने गरेको छ।
मासिक रुपमा ३ सयका दरले ६ महिनासम्म सुत्केरी र नवजात शिशुको सरसफाइका लागि भत्ता उपलब्ध गराउँदैआएको छविसपाथीभेरा गाउँपालिका– २ का वडा अध्यक्ष विकास अयडीले बताएका छन् ।
वडा कार्यालयले उपलब्ध गराउने मासिक ३ सय रुपैयाँले यहाँका सर्वसाधारण महिलालाई राहत पु¥याएको स्थानीय बासिन्दाले बताएका छन्।
सरसफाइमा सुधार गर्ने र नवजात शिशु र सुत्केरीलाई सरसफाइमा सुधार पुगोस् भन्ने उद्देश्यले वडा नम्बर २ ले यहाँका सुत्केरीलाई सामान्य सहयोग गरेको वडा अध्यक्ष अयडीले बताए।
सुरुमा वडा कार्यालयबाट नै सरसफाइका सामग्रीहरु दिन सुरु गरेको भए पनि केही स्थानीय बासिन्दाले यसको आलोचना गरेपछि आफूले सुत्केरी भएका महिलाको घरमा नै पुगेर ३ सय रुपैयाँ उपलब्ध गराउने गरेको उनको भनाइ छ।
वडा कार्यालयले महिनामा दिने ३ सय रुपैयाँले आफूहरुलाई सरसफाइ गर्नुपर्छ भन्ने सिकाउनु साथै यसप्रति थप जिम्मेवारी महसुस गराएको स्थानीय भगवती अयडीले बताइन्।