काठमाडौं– ओम्सा फाउन्डेसन र सामाजिक विकास मन्त्रालय ५ नम्बर प्रदेशको संयुक्त आयोजनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा प्रसूति रोग विशेषज्ञ ५ जना र २ जना जनरल फिजिसियन गरी ७ जना विशेषज्ञ डाक्टर तथा ल्याब, भिडियो एक्सरे सेवा उपलब्ध गराइयको थियो । शिविरमा ३ सय १२ जनाको स्वास्थ्य परीक्षण गरियको थियो।
विशेषज्ञ सेवाको पहुँच नभएका समुदायलाई लक्षित सो शिविर सञ्चालन गरिएको थियो। यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने ओम्सा फाउन्डेसनका अध्यक्ष प्रेमप्रकाश वलीले जानकारी दिए।