काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कुष्ठरोग प्रभावित व्यक्तिको हातखुट्टा र आँखासम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ।
ललितपुर, टिकाभैरवस्थित आनन्दवन अस्पतालमा आज असार २ देखि सुरु भएको शिविर ६ गतेसम्म चल्ने छ।
अस्पतालका तर्फबाट ३ जना अर्थोपेडिक सर्जन र अन्य स्वास्थ्यकर्मी शिविरमा बस्ने जनाइएको छ। ४० जना बिरामीले शिविरबाट सेवा लिने अनुमान आयोजकले गरेका छन्।
देशभरिबाट कुष्ठरोगी भई हातका औँलाहरुको अपाङ्गता भएका, खुट्टा लत्रिने अपांगता भएका र आँखा बन्द नहुने लगायतका समस्या भएका व्यक्तिलाई उक्त शिविरमा सम्पर्क राख्न अनुरोध गरिएको छ।
बिरामीलाई आउनजान सहजताका लागि यातायात खर्चको समेत व्यवस्था गरिएको छ।