काठमाडौं– ललितपुरको सानेपास्थित स्टार हस्पिटल र काठमाडौं, कुलेश्वरमा रहेको महिला सहकारी संस्था, ग्रामीण महिला लघु ऋण परियोजनाबीच सम्झौता भएको छ।
स्टार हस्पिटलले सो सहकारी संस्थाका सेयरधनी र सदस्यहरुलाई उपचार खर्चमा छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राडा प्रकाशराज रेग्मी तथा महिला सहकारी संस्थाका तर्पmबाट संस्थाका सिइओे अमृतप्रसाद कायस्थले हस्ताक्षर गरेका छन्।
छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचयपत्र देखाउनुपर्ने छ। साथै अस्पतालले आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थासँग निरन्तर सहकार्य गर्दै जाने अस्पतालका डा सन्देश जिसीले बताए।