काठमाडौं– पतंजली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेल काभ्रेमा नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ तथा प्रजातन्त्रवादी प्राध्यापक संघको बेग्लाबेग्लै एकाई गठन गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय सभापति शम्भुराज गौतम र प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिना प्रमुख आतिथ्यमा सम्पन कार्यक्रमा नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको एकाईमा प्राडा श्याममणि अधिकारीको नेतृत्वमा सर्वसम्मत चयन गरिएको हो।
यस्तै उप-सभापतिमा डा चन्द्रकिशोर यादव, सचिवमा डा सुमन खनाल र कोषाध्यक्षमा डा पिंकी शाह रहेका छन्। सदस्यहरुमा भने भेषराज पोखरेल, सविना खड्का र प्रीति कायस्थ रहेका छन्।
यसैगरी प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको एकाई अध्यक्षमा डा अजय कुमार चौधरी चयन भएका छन्।