काठमाडौं– थरुहट आन्दोलनका क्रममा कैलालीमा ८ प्रहरी अधिकारीसहित ९ जनाको ज्यान जाने गरी भएको टिकापुर काण्डका मुख्य दोषी मानिएका रेशम चौधरीलाई अस्पताल भर्ना गरिएको छ। फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पताल भर्ना गरिएको हो।
चौधरीका भाइ मिठुलाल चौधरीले श्वास फेर्न गाह्राे भएपछि उनलाई बिहीबार अस्पताल ल्याइएकाे बताए। कम्मर र ढाडमा दुखाई भएपछि उनले अहिले फिजियो थेरापीसमेत गराउँदै आएका छन्।
स्थिति सामान्य भए पनि उनी अस्पतालमा बैसाखीकाे सहारामा आएका थिए।
२०७२ भदौ ७ गते घटेको टीकापुर घटनाका मुख्य दोषी मानिएका चौधरी विगत १५ महिनादेखि जेलमा छन्। कैलाली जिल्ला अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएकाे थियाे।