काठमाडौं– ललितपुरको सानेपास्थित स्टार हस्पिटल सान्छी आशिष जेभी कम्पनी काठमाडौंबीच सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राडा प्रकाशराज रेग्मी र कम्पनीका तर्फबाट कम्पनीका सम्पर्क म्यानेजर मनोज पन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार स्टार हस्पिटलले सान्छी आशीष जेभी कम्पनीका कर्मचारी तथा मजदुरलाई स्वास्थ्य उपचार सेवा सहज र सरल रुपमा प्रदान गर्ने छ।
स्वास्थ्य उपचार सुविधा प्राप्त गर्न सो कम्पनीका कर्मचारीले कम्पनीको परिचयपत्र देखाउनुपर्ने छ । साथै अस्पतालले आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थासँग निरन्तर सहकार्य गर्दै जाने अस्पतालका सिओओ डा सन्देश जिसीले बताए।