काठमाडौँ– आज विश्व दुबी दिवस। नेपालमा पनि यो कार्यक्रम विभिन्न तरिकाले मनाइदै छ। चर्म, यौन तथा कृष्ठरोग समाजले यस अवसरमा त्रिवि शिक्षण अस्पतालमा जनचेतना कार्यक्रमको आयोजना गरेको छ। त्यसैगरी यस अवसरमा समाजले देशभर निःशुल्क उपचार र आवश्यक परामर्श दिइरहेको छ।
दुबी के हो?
छालामा आउने सेतो दुबी छाला कालो बनाउने मेलानोसाइट्स भन्ने तत्वले आउने गर्दछ। धेरै जसो अवस्थामा यो रोग अरु रोगहरु जस्तै मधुमेह, थाइरोइडसँग सम्बन्धित हुने गर्दछ। धेरै रोग ३० प्रतिशत सम्म वंशाणुगत हुन्छ। छालारोग विशेषज्ञ डा सुदीप पराजुलीका अनुसार दुबी सरुवा रोग होइन, यसको उपचार पुरै सम्भव नभएपनि केही हदसम्म निको पार्न सकिन्छ।
चिकित्सहरुका अनुसार यो रोगमा स्टेरोइड नामक औषधी दिने गरिन्छ भने बढिरहेको अवस्थामा खाने औाष्धीको कहिलेकाहीँ रोग नियन्त्रण नभएमासामान्य छालामा विशेष औषधी लगाएर भए पनि छालालाई एकै किसिमको रंग दिन सकिने चिकित्सहरु बताउँछन्। छालाको रंग नआउने र औषधिने काम नगर्ने भएको खण्डमा दुबीको शल्य चिकित्सा गरेर छालाको रंग फेरि सामान्य बनाउन समेत सकिन्छ।