अमेरिकामा रही नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न इच्छुक वर्गको साझा संस्था हो, अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएफ)। गत महिना वासिङटन डिसीमा भएको फाउन्डेसनको २३ औँ वार्षिक सम्मेलनले डा सन्तोष सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। डा सापकोटा यतिबेला नेपालमा छन्।
डा सापकोटा नेपाल आएको मौकामा स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले स्वास्थ्य संवाद गरेका छन्। संवादमा डा सापकोटाले नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी महत्व राख्ने योजनाहरुमा काम गर्न फाउन्डेसन प्रतिबद्ध रहेको जानकारी दिएका छन्। उनले अमेरिकामा रहेका धेरै डाक्टरहरुमा देशका लागि केही गर्नुपर्छ भन्ने सोच रहेको पनि बताए।
संवादमा डा सापकोटाले फाउन्डेसन, यसले नेपालमा के कस्ता सहयोग गरेको छ? सहयोगको सदुपयोग लगायतका विषयमा खुलेर कुरा गरेका छन् ।
हेरौं डा सापकोटासँगको भिडियो संवाद :