काठमाडौं— नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश ३ ले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सरसफाई गरेको छ।
आजदेखि सुरु भएको सरसफाई कार्यक्रमलाई निरन्तरता दिदैँ लैजाने संघले जनाएको छ।
सरसफाई कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेले स्वास्थ्य मन्त्रालयमा धेरै फोहर थुप्रिन लागेको भन्दै सांकेतिक रुपमा सरसफाई सुरु गरिएको बताए।
नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश नम्बर ३ का अध्यक्ष कमल भट्टाराईले स्वास्थ्य मन्त्रालयमा नै फोहर हुनु राम्रो कुरा नभएकाले सफाई गरिएको जानकारी दिए।
संघका केन्द्रिय सचिव दीपक भट्टले सरसफाई कार्यक्रमलाई निरन्तर दिदैँ अर्को चरणमा वीर अस्पताल र ट्रमा सेन्टरमा सरसफाई गर्ने योजना रहेको जानकारी दिए।
मन्त्रालयबाट १० बोरा फोहोर संकलन भएको छ। सरसफाई कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेल, संघका केन्द्रिय तथा प्रदेशका पदाधिकारीहरु उपस्थित थिए।

