गुल्मी- नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखा गठन भएको छ। केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा शुक्रबार तम्घासमा बसेको स्थानीय समुदायको भेलाले नवराज मरासिनीको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको हो।
भेलाले उपाध्यक्षमा केपी भण्डारी, सचिवमा कृष्णप्रसाद पाण्डे, कोषाध्यक्षमा भेषराज धु्रब पाण्डेलाई चयन गरेको छ। सदस्यहरुमा क्रमश अर्जुन भण्डारी, सन्तोष कुमार क्षेत्री, जनार्जन बिष्ट, राजु मरासिनी, बीरबहादुर कार्की रहेका छन्।
नव गठित कार्यसमितिलाई केन्द्रीय अध्यक्ष कर्माचार्यले सपथ गराएका थिए।
शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा विशेष अतिथि बनेका जिल्ला अस्पतालका मेसु डा उत्तम पच्या, अतिथि जुवानन्द बेलवासे, दीपक राना लगायतले रक्तदानको आवश्यकता र महत्वको बारेमा बोलेका थिए। उनीहरुले नवगठित कार्यसमितिको सफलताको समेत कामना गरेका थिए।
प्रमुख अतिथि बनेका कर्माचार्यले रक्तदान किन आवश्यक ? समिति गठन गर्नुको औचित्य लगायतका विषयमा आफ्ना धारणा राखेका थिए।