काठमाडौं- आफ्ना पेशा र व्यवसायसँगै मानिसको रुचि अन्य क्षेत्रमा पनि उतिकै हुन्छ। कति मानिस त आफ्नो पेशा व्यवसाय भन्दा पनि त्यो बाहेकका काममा औधि खुशी मान्छन्।
पछिल्लो समय फोटोग्राफी र भिडियोग्राफीमा धेरैको आर्कषण बढेको पाइन्छ। पेशाले चिकित्सक डा सन्तोष उपाध्यायमा पनि फोटोग्राफी र भिडियोग्राफी शोख कम छैन।
कामका सिलसिलामा सुदुरपश्चिमको अछाम पुगेका उपाध्याय बिरामीको सेवासँगै त्यहाँको मैलिकतामा पनि डुब्न थाले। उनी सुदुर पश्चिमका जुन-जुन ठाँउ पुगे, त्यहाँको सामाजिक, संस्कृतिक र धार्मिकस्थलहरु सँगै मनोरम र मानमोहक प्रकृतिसँग बिताएका प्रत्येक पललाई क्यामरामा कैद गर्न थाले।
पश्चिम नेपालको पहाडी जिल्ला अछाममा स्वास्थ्य सेवा प्रवाहमा खटिँदै उनले जिल्लाको उत्तरी भेगमा पर्ने रमारोसन क्षेत्रलाई क्यामरामा कैद गरे। सुदुरपश्चिमका विभिन्न रमणीय ठाँउमा रामारोसन पर्यटक राजोइमा पर्ने स्थान हो। रामारोसन धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मनिन्छ। यो स्थान '१२ बण्ड १८ खण्ड' अर्थात् १२ ताल र १८ मैदान यो स्थानको विशेषताका रुपमा मानिन्छ। प्राकृतिक सौन्दर्य तथा मैलिक विविधताले भरिपूर्ण रामारोशनलाई उपाध्यायले भिडियोको रुप दिए।
सुदुरपश्चिम भौगोलिक हिसाबले हेर्दा जति दुर्गम छ, त्यो भन्दा प्राकृतिक रुपमा सुन्दर र रमणीय पनि छ। सुदुरश्चिमको मैलिक विविधताको पहिचान संरक्षण र संवर्द्धनमा टेवा पुर्याउन डा उपाध्यायले 'भिजिट नेपाल-२०२०' का लागि 'वि विल राइज' र नेपाल पर्यटन बोर्डको सहकार्यमा 'मेरो गाउँ, मेरो ठाउँ' भिडियो च्यालेसका लागि बनाएको भिडियो उत्कृष्ट १२ मा परेको छ।
उनको सो भिडियोले सुदुर पश्चिमका लुकेका सम्पदाको प्रचारप्रसारमा सहयोग गरी सम्रग नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
भिडियो