काठमाडौं- नेपाल दन्त चिकित्सक विद्यार्थी संघले मुख र दाँत स्वास्थ्यका विषयमा निशुल्क सस्वास्थ्य शिविर गरेको छ।
संघले नागाजुर्नस्थित पिपुल्स एकाडेमीमा शनिबार शिविरको आयोजना गरेको हो। शिविरमा २ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको डा दिपक ठाकुरले जानकारी दिए।
शिविरका लागि रिदम न्युरोसाइक्याट्रिक अस्पताल, प्रगतिशिल महिला समूह, काठमाडौं विश्वविद्यालय स्कुलम अफ मेडिकल साइन्सेस स्टुडेन्ट अफ वेलफेयर काउन्सिलले सहयोग गरेको थियो।
