काठमाडौं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पिजिका लागि कोटा नदिएको भन्दै गैरसरकारी चिकित्सकहरुले विरोध जनाएका छन्।
गैर सरकारी चीकित्सक संघ युवा समिति संयोजक हुलास अग्रवालका अनुसार यसका लागि संघले १ वर्ष अगाडी सर्वोच्चमा मुद्धासमेत हालेको थियो सो मुद्धा अझै पनि चलिरहेको छ।
पिजिमा न्याम्सले १०० प्रतिशत नै सिट सरकारी चिकित्सकलाई दिन लागेको भन्दै संघले आपत्ति जनाएको छ।
समिति संयोजक अग्रवालले पछिल्लो वर्ष पनि गैरसरकारी चिकित्सकलाई यसबाट बञ्चित गरेको भन्दै यो पालि पनि त्यही दोहोरिएको आरोप लगाए। कुनै पनि ऐनमा सरकारी चिकित्सकको लागि मात्र सिट पाइने कुरा उल्लेख नभएको उनको भनाई छ।