काठमाडौं- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीको अवसरमा मृगौला पीडितलाई रहत रकम हस्तान्तरण गरिएको छ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारत पुष्पबहादुर खत्रीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो।
दुबै मृगौला फेल भई उपचारत सङ्खुवासभा धर्मदेवी नगरपालिका निवासी खत्रीलाई ५१ हजार रुपैयाँ सहयोग गरिएको हो।
धनकुटा बहुमुखी क्यापसका इकाई सभापति करुणा कटवालको समन्वयमा संकलित सो रकम नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा काफ्लेसहित नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशील भट्ट, रुपा शर्मालगायतका विद्यार्थी नेताले फरक तरिकाले पूर्व सभापति तथा प्रधानमन्त्रीको जन्मदिन मनाउने परम्परा सुरु गरेको बताएका थिए।