काठमाडौं- काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएकाे छ। बिहीबार साँझ एक्कासी छातीकाे दुखाइ महसुस भएपछि उनलाई नर्भिक अस्पताल ल्याइएकाे थियाे।
उनकाे अवस्था अहिले स्थिर रहेकाे छ। उनकाे स्वास्थ्य मुटुरोग विशेषज्ञ जेपी जैसवालले हेरिरहेका छन् ।
उनकाे भर्खरै एनजियाेग्राफी गरिएकाे छ। उनकाे अवस्था अहिले खतरामुक्त रहेकाे अस्पतालले जनाएकाे छ।
उनलाई भाेलि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।