काठमाडौं– वीर अस्पतालमा उपचाररत क्यान्सरका बिरामीलाई नारीको साथी समूहले रु ३५ हजार सहयोग गरेको छ।
समूहले शुक्रबार डिम्बासय क्यान्सरको बिरामी त्रिशुलीकी ६६ वर्षीया जुनू थापालाई २५ हजार र स्तन क्यान्सरको बिरामी ३५ वर्षीय माया घलेलाई १० हजार सहयाेगस्वरुप प्रदान गरेको हो।
उक्त समूहमा एक सय एक जना महिलाले दैनिक १० रुपैयाँ जम्मा गर्ने गरेका छन्।
जम्मा गरेको रकमबाट हरेक महिना सरकारी अस्पतालमा उपचार गर्न खर्च नभएका एक बच्चा र एक महिलालाई गरी ३० हजार बराबरको सहयोग गर्ने समूहको उद्देश्य छ।