काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा महिनौंदेखी बिग्रिएको सिटि स्क्यान आजबाट सञ्चालनमा आएको छ।
गत पुसमा बिग्रिएको १६ स्लाइसको उक्त मेसिन मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।
ट्रमा सेन्टरमा दैनिक पाँच सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिन्छन्। त्यसमध्ये ३० जना बढीलाई सिटी स्क्यान गर्नुपर्ने हुन्छ। अस्पतालका निर्देशक प्रमोद कुमार यादवले बाहिरका बिरामी पनि सिटी स्क्यानका लागि ट्रमा आउने गरेकोे बताए।
२०७२ सालबाट सञ्चालनमा आएको सिटि स्क्यान भारत सरकारको सहयोगमा जडान भएको थियो।