काठमाडौँ– टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थामा गजुरी अस्पताल धादिङबाट रिफर गरि नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याइएका ३६ वर्षिय रामजी चेपाङ को स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। उनी असार १९ गते अस्पताल भर्ना भएका थिए।
कञ्चटमा गोली लागेका रामजीको टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म गएको थियो। उनको उपचार वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो।
गोली लागेपछि उनी अर्धचेत थिए भने टाउकोबाट प्रशस्तै रक्तस्राव भएको थियो। उनको मस्तिकमा गोली लागेकै कारण बारम्बार वान्ता गर्ने गरेका थिए भने उनको दाहिने मस्तिष्कको धेरै भागक्षत–विक्षतभएको अवस्था थियो।
हाल रामजी नर्भिकको सर्जिकल इन्टेन्सिभ केयर युनिटमा उपचार गराउँदैछन्। उनलाई छिट्टै नै वार्डमा सारिने अस्पतालले जनाएको छ।
उनलाई असार १८ गते बुधबार साँझ ८ बजे गोली लागेको थियो।