काठमाडौँ– नेपालमा न्युक्लियर मेडिसिनमा योगदान पु¥याएको भन्दै डा अरुण गुप्तालाई एसियन योङ इन्भेष्टिगेटर अवार्ड प्रदान गरिएको छ।
जापनिज सोसाइटी अफ न्युक्लियर मेडिसिनले उक्त अवार्ड प्रदान गरेको हो। उनी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा कार्यरत छन्। उनले काेरियाकाे साेल नेशनल युनभर्सिटी अस्पतालबाट न्युक्लियर मेडिसनमा पिएचडी गरेका छन्।
एसिया प्रान्तबाट न्युक्लियर मेडिसिनमा खोज र अनुसन्धान पु¥याए वापत युवा वैज्ञानिकलाई सो अवार्ड हरेक वर्ष प्रदान गरिन्छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।