जनकपुर- महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंक लिमिटेडले ३ लाख बराबरको उपकरण हस्तान्तरण गरेको छ।
सर्पदंशका बिरामीहरूलाई सेवा दिँदै आएको सामुदायिक उक्त उपचार केन्द्रलाई बैंकलेबिहीबार एक थान इलेक्ट्रिक अक्सिजन,आइसियु साइडबेड मनिटर र आइसियु बेड हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा नगरपालिकाका मेयर बिदुर कार्कीले उक्त उपचार केन्द्रलाई नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
उपकरण हस्तान्तरणका क्रममा लक्ष्मी बैंक प्रदेश नम्बर २ का प्रमुख उज्जवल घिमिरेले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने बताए।
जटिल प्रकृतिको बिरामी आउँदा पठाउनुपर्ने बाध्यता भएकाले स्वास्थ्यका उपकरण हस्तान्तरण गरिएको बैंकका जनकपुरधाम प्रमुख अमित कर्णले बताए।