काठमाडौं - जुम्लामा अब चिकित्सा शिक्षाको स्नातक तहका (एमबिबिएस तथा बि फर्मा) पठन पाठन ह’ने पक्का भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रमको मस्यौदा तयार गरेको छ।
नेपाल मेडिकल काउन्सिलले हालै प्रतिष्ठानलाई जुम्लामा नै विशेषज्ञ चिकित्सक उत्पादन गर्न एमडीजीपी कार्यक्रम सञ्चालन गर्न अनुमति/स्वीकृति प्रदान गरेको थियो। अनुमतिसँगै जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने बाटो खुला समेत भएको थियो। प्रतिष्ठानले एमबीबीएस तथा बी फर्मा तहको अध्ययन अध्यापन गराउने तयारी गर्दैछ।
त्रिविवि चिकित्सा विज्ञान अध्ययन सस्थान, काठमाडौँ विश्वविद्यालय, विपी कोइराला चिकित्सा विज्ञान अध्ययन संस्थान धरान र पाटन चिकित्सा विज्ञान अध्ययन सस्थानको सो तहको पाठ्यक्रमभन्दा फरक पाठ्यक्रम प्रतिष्ठानले तयार पारेको हो।
प्रतिष्ठानले ती चारवटा पाठ्यक्रमका राम्रा पक्षलाई समाहित गर्दै स्थानीय रोग, भुगोल तथा मातृ तथा शिशु मृत्यु दर घटाउन सहयोग हुने खालका पाँचवर्षे एमबीबीएस तथा स्थानीय जडिबुटीको उपयोग स्वदेशभित्र नै उपयोग गर्न औषधि विज्ञानको पाँचवर्षे नै बी फर्मा पाठ्यक्रम तयार गरेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो। जुम्लामा ती तहको पठनपाठनपछि चिकित्सक उत्पादन ह’ने र कर्णाली प्रदेशको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा नयाँ फड्को मार्ने विश्वास गरिएको छ।
प्रतिष्ठानद्वारा तयार पारिएका सो तहका पाठ्यक्रमलाई अन्तिमरुप दिन आज यहाँ आयोजित कार्यक्रममा ती तहका पठनपाठनले ज’म्लामा ग’णस्तरीय चिकित्सक उत्पादन हुने र आगामी दिनमा यसले स्वास्थ्य, चिकित्सा शिक्षा र अनुसन्धानका क्षेत्रमा कोशेढुङ्गा सावित हुने जानकारी दिइयो।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जुम्लामा चिकित्सक उत्पादन गर्न सम्भव छ, यसका लागि मन्त्रालयबाट ह’ने सबै सहयोग हुने जानकारी दिए। उनले भने, 'कर्णाली अब चिकित्सा शिक्षा र अनुसन्धानको शैक्षिक हबका रुपमा विकास हुन्छ। कर्णालीवासीले गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गुमाउनु पर्दैन। नयाँ युगको शुरुवात हुँदैछ।'
उपप्रधानमन्त्री यादवले कर्णालीबाट बिरामी सुर्खेत, धनगढी, नेपालगञ्ज तथा काठमाडौँ अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै प्रतिष्ठानको क्षमतालाई विस्तार तथा सुदृढ गर्नुपर्ने बताए। उनले स्नातक तहका शैक्षिक कार्यक्रम छिटो सञ्चालनमा ल्याउन निर्देशनसमेत दिए।
सांसद सत्या पहाडीले समग्र कर्णाली प्रदेशको स्वास्थ्यस्थितिलाई माथि उठान प्रतिष्ठानले अहं भुमिका निर्वाह गरेको चर्चा गर्दै सन्तुलित विकास र सामाजिक न्यायका आधारमा सरकारले प्रतिष्ठानलाई थप सहयोग गर्नुपर्ने बताइन्। 'जुम्लामा चिकित्सक उत्पादन गर्न सम्भव छ। छिटो एमबिबिएस र बि फर्मा तहको शैक्षिक कार्यक्रमको शुरुवात हुनुपर्छ। पाठ्यक्रम तयार गर्दा स्थानीय भुगोल र रोगलाई ध्यान दिनुपर्छ।'
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य क्षेत्रमा अझै पनि कर्णाली प्रदेश मानव सुचकाङ्कमा पछाडि नै रहेको उल्लेख गर्दै यसलाई अन्त्य गर्न जुम्लामा नै चिकित्सक उत्पादन जरुरी रहेको बताए।
प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न प्रतिष्ठानले एमडीजीपी तहको स्वीकृतिले कर्णाली क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुगेको बताए। अब छिट्टै एमबिबिएस र बि फर्माका शैक्षिक कार्यक्रम शुरुवातका लागि आवश्यक सबै तयारी पूरा हुन लागेको जानकारी दिँदै उनले यसले कर्णालीको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा फड्को मार्ने बताए।
प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराइरहेको, नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय जनशक्ति उत्पादन भइसकेको र शैक्षिकसत्र विसं २०७५/७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुवात भएको जानकारी दिए।
प्रतिष्ठानका डिन प्राडा रेशम रानाले चारवटा विश्वविद्यालयका पाठ्यक्रमभन्दा फरक रुपमा एमबिबिएस र बि फर्माका स्नातक तहका पाठ्यक्रम तयारको मस्यौदा तयार भएको विज्ञका सुझावका आधारमा अन्तिमरुप दिइने बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रजिष्टार प्राडा श्रीकृष्ण गिरीले स्नातक तहका एमबिबिएस तथा बि फर्माका पाठ्यक्रममध्ये प्रतिष्ठानले मस्यौदा गरेको पाठ्यक्रम उत्कृष्ट रहेको दावी गरे।
चिकित्सा शिक्षाका विज्ञ प्राडा अर्जुन कार्की, प्राडा शेखरबाबु रिजाल, प्राडा साधना राजभण्डारी, प्राडा गोपाल आचार्य, प्राडा नारायणविक्रम थापाले चिकित्सा तहको स्नातक कार्यक्रमको पाठ्यक्रम तयार गर्दा गुणस्तरमा विशेष ध्यान दिन जोड दिए।
विशेषतः जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थिति माथि उकास्न सरकारले ठुलो लगानीका साथ विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो। रासस