काठमाडौं— नेपालका एक डाक्टरलाई अमेरिकामा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ।
न्यूक्लियर मेडिसिनमा उत्कृष्ट अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका डा जीवन पौडेललाई ‘इन्टरनेशनल बेस्ट अफस्ट्रयाक्ट’ अर्वाड प्रदान गरिएको हो।
उनी चितवन मेडिकल कलेजमा लेक्चरका रुपमा कार्यरत छन्।
अमेरिकाको क्यालिफोनिर्यामा न्यूक्लियर मेडिसिनसम्बन्धि गत जुन २२ देखि २५ गतेसम्म भएको अन्तर्राष्ट्रिय सम्मेलनमा डा पौडेलले पेट स्क्यानको प्रयोगद्धारा बे्रन क्यान्सरको अत्याधिुक शल्यक्रियामा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए। सोही आधारमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
सम्मेलनमा विश्वभरबाट आएका चिकित्सकमध्येबाट उनी छानिएका हुन्। सम्मेलनमा अन्य चिकित्सकहरुले पनि न्यूक्लियर मेडिसिनबारे विभिन्न अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका थिए।