काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले शैक्षिक वर्ष २०७६/७७ का लागि नर्सिङ प्रमाणपत्र तहमा विद्यार्थी भर्नाको सूचना सार्वजनिक गरेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल नर्सिङ क्याम्पस र परोपकार अस्पताल, नर्सिङ क्याम्पस, थापाथलीले तीन वर्षे नर्सिङ प्रमाणपत्रको लागि ४० सिट भर्ना लिने भएका छन्। जसमा पुरुष विद्यार्थीका लागि ६ सिट खोलिएको छ।
वीर अस्पतालले दुर्गमका लागि ४ सिट, वीर अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत स्थायी अनमीको लागि २ सिट निर्धारण गरेको छ भने त्यहाँ कार्यरत स्थायी कर्मचारीहरुका छोराछोरीहरुका लागि २ सिट छुट्याएको छ।
त्यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल तथा परोपकार अस्पताल नर्सिङ क्याम्पसमा कार्यरत स्थायी कर्मचारीहरुका छोराछोरीका लागि २ सिट तोकिएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको अनलाइन आवदेन फारम १ गतेदेखि भर्न सकिने छ भने १९ गतेसम्म यसको म्याद रहेको छ।
