काठमाडाैँ - परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मरणोपरान्त अंगदान गर्ने घोषणा गरेका छन्। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा उनले शरीरका ६ वटा अंग दान दिन गर्ने घाेषणा गरेका हुन्। साे अवसरमा श्रीमती सरस्वती ज्ञवालीले पनि अंगदान दिने भनेर मञ्जुरीनामा दिएकी छिन्।
ज्ञवाली दम्पत्तीले मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, सानो आन्द्रा दान दिने भनेर मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका हुन्।
ज्ञवालीले उक्त निर्णयमा हस्ताक्षर गरेपछि फेसबुक र ट्वीटरमा यस्ताे लेखेका छन् :
दुबै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा (मरणोपान्त) अंगदान गरेर आयौं ।जिन्दगीको त के भरोसा छ र !जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्-बस् यत्ति कामना छ।