अछाम- चौरमाडौं प्राथमिक स्वास्थ्य केन्द्र, चौरपाटी अछाममा बिमारीका लागि प्रतीक्षालय निर्माण गरिएको छ।
चौरपाटी गाउँपालिकाको आर्थिक सहयोग, न्याय हेल्थ नेपालको प्राविधिक सहयोगमा बिमारीका लागि प्रतीक्षालय बनाइएको हो। प्रतीक्षालय निर्माणका लागि चौरपाटी गाउँपालिका अछामले एकलाख रुपैयाँ सहयोग गरेको छ। त्यसैगरी न्याय हेल्थ नेपाल (बयालपाटा, अस्पताल)ले एकलाख ३० हजार ६ सय५१ रुपैयाँ बराबरको ४ सय ५७ केजी ५० एमएमको पुरानो स्टिल पाइप र २६ गेजको पुरानो १० वटा कर्कटपाता तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराएको गरेको थियो।
आर्थिक वर्ष ०७५/०७६ समापनको अवधिमा कामदारहरूको अभाव तथा वर्षाऋतुको कारणले निर्धारित समयभित्रै काम गर्न कठिनाइ भएको थियो।अस्पताल व्यवस्थापक हीमबहादुर विश्वकर्माको विशेष पहलका कारण काम सम्पन्न भएको स्वास्थ्य केन्द्रले जनाएको छ।