काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन)को सातौं महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ।
संघको ४ गते बसेको केन्द्रिय कार्यसमितिको बैठकले सातौं राष्ट्रिय (संघिय)महाधिवेशन कात्तिक २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।
संघले स्थानीय र प्रतिष्ठान, जिल्ला र प्रदेशमा अधिवेशनबाट चुनिएर पठाएका स्वास्थ्यकर्मीहरुको उपस्थितीमा महाधिवेशन गर्न लागेको हो।
बैठकले संघका सह अध्यक्ष कृष्णप्रसाद नागिलाको संयोजकत्वमा १० सदस्यीय निर्वाचन समिति गठन भएको महासचिव दिपक मुडभरीले जानकारी दिए।