भक्तपुर - भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा डा रविभूषण सुवालले पदभार ग्रहण गरेका छन्। प्रदेश नं ३ सरकारले उनलाई मेसुमा नियुक्त गरेपछि पदभार ग्रहण गरिएको हो। पदभार ग्रहणको क्रममा बुधबार अस्पतालमा स्वागत कार्यक्रम गरिएको थियो। भक्तपुर नगरपालिका वडा नं ६ चोछें निवासी डा सुवालले यसअघि २०७४ साल माघमा भक्तपुर अस्पतालमा सेवा थालेका थिए।
यसअघि उनी काठमाडौं उपत्यकाबाहिरको अस्पतालमा सेवारत थिए।
मेसु भएर आएपछि अस्पतालको सुधारका लागि प्रतिवद्ध भएर काम गर्ने प्रतिवद्धता डा सुवालले जनाए। अस्पतालमा आएका सेवाग्राही बिरामीको सेवासुविधामा आफनो विशेष ध्यान जाने नवनियुक्त डा सुवालले जनाए। उनले सेवाका साथै भौतिक सुधार गर्ने प्रतिवद्धता पनि जनाए ।