काठमाडौं- ‘आज अरुका लागि भोलि आफ्ना लागि’ भन्ने नाराका साथ पराजुली समाज केन्द्रिय युवा समितिले बृहत् रक्तदान कार्यक्रम गरेको छ।
कोटेश्वरस्थित समितीको कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन्।
समितीका अध्यक्ष कुलप्रसाद पराजुली उद्घाटन गरेको कार्यक्रममा पहिलो रक्तदाता समाजका महासचिव नवराज पराजुली पनि सहभागि थिए।
रगतको अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस भनी रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा समितीका सचिव विष्णु प्रसाद पराजुलीले जानकारी दिए।