काठमाडौं- पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हवाइजहाजमा यात्रा गरिरहेका बेला आकाशमा नै हृदयाघात भएको छ। आइतबार दिउँसो बुद्ध एयरको यु ४ ४०४ उडानमार्फत नेपालगञ्जदेखि काठमाडौँ आउने क्रममा उनलाई हृदयाघात भएको हो।
जहाज उडिरहँदा हृदयाघात भएपछि बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
दिउँसो ३:४५ बजे मन्त्री विष्टलाई आकस्मिक अवतरण गराएपछि अन्य यात्रु लिएर जहाज काठमाडौंका लागि उडेको छ।
विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।