काठमाडौं- कर्मचारी समायोजनसँगै पदस्थापनको काम अगाडि बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ र १० औं तहका कर्मचारीको पदस्थापना सकेको छ। मन्त्रालयले पदस्थापन भएका कर्मचारीलाई हाल कार्यरत रहेको कार्यालयमा नै पत्र पठाएको छ।
तर, उनीहरुको सूची भने सार्वजनिक गरेको छैन। मन्त्रालयले ३ सय ३ जनाको पदस्थापना गरेको हो। पदस्थापन हुनेमा २ सय ६१ जना चिकित्सक रहेका छन् भने ४२ जना अन्य कर्मचारी रहेका छन्।
पदस्थापना भएका कर्मचारीको सूची छट्टै सार्वजनिक गर्ने मन्त्रालयका एक उच्च कर्मचारीले जानकारी दिए।
यसअघि मन्त्रालयले ११ औं तहका कर्मचारीको पदस्थापना सकिसकेको छ।
९ र १० औं तहको पदस्थापनापछि मन्त्रालयले ८ औं तहका कर्मचारीको पदस्थापनाको काम अगाडि बढाएको छ।