काठमाडाैँ- मिर्गाैलाराेग विशेषज्ञ डा.अनिल बरालको रचनामा रहेकाे तेस्राे गीत ‘मिरमिरेको लाली फिक्का ‘ बाेलकाे गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।
हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई युवराज वाइबाको निर्देशन गरेका छन् ।
गीतमा विनोद न्यौपाने र विनु शाक्यले अभिनय गरेका छन् । छायांकन उत्सब दाहालको रहेकाे छ। डा अनिलले यसअघि आफ्नाे रचनामा रहेकाे ‘एउटा खाता’ र अँगालै भरी’ बाेलकाे गीत सार्वजनिक गरेका छन्।
दर्शककाे राम्राे प्रतिक्रिया पाएर गीत बजारमा ल्याएकाे बताउँदै डा अनिल भन्छन् 'नेपालका चर्चित गायकहरुकाे स्वरमा रहेकाे गीत चाँडै रिलिज हुनेछ ।'