काठमाडौं– सानेपास्थित मेघा अस्पतालले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको छ।
अस्पतालले आगामी साउन ३२ गते बिहान १० देखि ३ बजेसम्म अस्पताल परिसरमा नै निशुल्क शिविर सञ्चालन गर्न लागेको हो। अस्पतालले शिविरको दिन अन्य सेवा लिने बिरामीहरुलाई छुट दिने समेत भएको छ।
अस्पतालका अनुसार ओपिडी शत प्रतिशत, ल्याबमा ५० प्रतिशत, एक्सरेमा ५० प्रतिशत, भिडियो एक्सरेमा ५० प्रतिशत र अन्य सेवामा ५० प्रतिशत छुट दिने जनाएको छ।