काठमाडौं– दृष्टिो आई केयर हस्पिटल बानेश्वरमा सञ्चालनमा आएको छ। नेत्र रोग विशेषज्ञ प्राडा रामप्रसाद पोखरेले एक समारोहबीच केन्द्रको उदघाटन गरे।
बानेश्वरमा सेवा आरम्भसँगै नेपालमा पहिलो पटक आई टर्मिनल नयाँ प्रविधि आँखाको पावर तथा फ्रेमको परीक्षण आधुनिक प्रविधको सहयोगबाट गरिने कार्यकारी निर्देशक डा भाइराजा श्रेष्ठले जानकारी दिए।
आँखासम्बन्धी रोगको अत्यधुनिक प्रविधिको प्रयोग गरी सेवा दिने उद्देश्यले दृष्टि आई केयर सिस्टमले २०७० सालमा झापाको बिर्तामोडमा मेची दृष्टि आँखा अस्पतालबाट सेवा सुरु गरिएको थियो। बानेश्वरको आई केयर पछिल्लो विस्तार हो ।
यसअघि दृष्टि आई केयर समूहले कलंकी, चाबहिल, जमल, टोखा, बिर्तामोड, भद्रपुर, वीरगञ्जमा आँखा हस्पिटल सुरु गरिसकेको छ।