काठमाडौं- नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएमएस) को नयाँ अध्यक्षमा डा शक्ति चौरसिया निर्वाचित भएका छन्।
सोसाइटीको नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनमा डा विशाल गौरव उपाध्यक्ष, भुवनराज गिरी सचिव र गुड्डु साह कोषाध्यक्ष चयन भएका छन्।
सोसाइटीको ३३औँ कार्यकारी बोर्डको निर्वाचनमा डा सुनिल अर्याल, आर्कषण तिमिल्सना, कुशलजंग कार्की, आशिष दाहाल, सुजन शर्मा र अक्षयकुमार चौधरी निर्वाचित भएका छन्।