कालिकाेट- पचालझरना गाँउपालिकामा रहेकाे राम्नाकाेट स्वास्थ्य चाैकी अन्तरगतका आमा समुहरुकाे सहभागितामा पाेषिलाे खाना बनाउने तरिका सम्बन्धि प्रदर्शनी प्रतियाेगिता सम्पन्न भएकाे छ।
उक्त प्रतियोगिता सम्पन्न भएलगत्तै गाँउपालिका भित्रकाका ३ वटै स्वास्थ्य संस्था माताहतका २६ वटै मासमुहले पनि सहभागिता जनाएकाे बताइकाे छ ।
गाउपालिका भित्र रहेका २६ वटै आमा समुहमा पाेषिलाे खाना बनाउने सिकाइकाे प्रयाेगात्मक सहजिकरण सम्बन्धित स्वास्थ्य संस्था र नेपाल रेडक्रस साेसाइटी कालिकाेटले संयूक्त रुपमा संचालन गरेका थिए।
त्यस लगतै मात्र स्वास्थ्य संस्था अन्तरगत पाेषिलाे खाना बनाउने प्रदशर्नी प्रतियाेगिता संचालन गरेकाे पचालझरना गाँउपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्रेश्वर शाहले बताए। प्रतियाेगितामा सानत्वना र प्रथम, दितिय, तृतियलाइ पुरस्कारकाे व्यवस्था गरिएकाे थियाे।
कालिकाेट जिल्लामा स्थानिय स्थरमा उत्पादन हुने बस्तु अन्न, गेडागुडी, फलफुल आदीबाट बच्चाहरुकाेलागि पाेषिलाे खाना बनाइ खुवाएमा कुपाेषण कम गर्न सघाउ पुर्याउने तर्क सहित प्रदर्शनि प्रतियाेगिताकाे आयोजना गरिएकाे स्वास्थ्य चाैकी इन्चार्ज कर्ण प्रसाद आचार्यले बताए।