काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले आइ केयर फाउण्डेशन र तिलगंगा अस्पताललाई मिलेर सातै प्रदेशमा आँखा उपचार केन्द्र खोल्न आग्रह गरेका छन्।
फाउण्डेशनको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले उनीहरुलाई यस्तो आग्रह गरेका हुन्। उनले उनीहरुको यो कार्यक्रमा सरकारले पनि सहयोग गर्ने बताए।
‘देशका सबै ठाउँका जनतालाई आँखा स्वास्थ्य सेवा पु¥याउन सबै प्रदेशमा आँखा केन्द्र खोल्नु पर्छ। त्यसका लागि अगाडि बढ्नुस सरकार सहयोग गर्न सधै तयार छ’, उनले भने, ‘अन्य रोग लाग्दा बिरामी उपचार गर्न विदेश जान बाध्य छन् तर आँखा उपचार गर्न विदेशी बिरामी नेपाल आउँछन्। यो भनेको नेपालको लागि ठुलो कुरा हो।’
कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालयमा एक वर्षमा पटक पटक सचिव परिवर्तन र सामान्य प्रशासन मन्त्रालयको ढिलाईका कारणले स्वास्थ्यको समायोजनमा पनि ढिलाई भएको दावी गरे।
आई केयर फाउण्डेशनले हालसम्म ४ लाख ८ सय पचास जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिसकेको जनाएको छ। यो अवधिमा करिब ४४ लाख ९३ हजार ४ सय ८६ जनाको आँखा जाँच गरेको जानकारी दिइएको छ।
फाउन्डेसनले १ सय ५७ जना नेत्र विशेषज्ञ, १ हजार ५१७ नेत्र सहायक र ४० हजार ६५६ जनालाई प्राथमिक आँखा उपचार तालिम उपलब्ध गराइएको जानकारी दिएको थियो।
आई केयर फाउण्डेशनल, नेदरल्याण्डसले नेपाललगायत १६ राष्ट्रमा विभिन्न सहयोग पु¥याउर्दै आएको छ। नेपालमा दुई ठूला आँखा अस्पतालहरु हिमालय आँखा अस्पताल, पोखरा र मेची आँखा अस्पतालल झापामा स्थापना गरेको छ।
फाउन्डेसनले गण्डकी, धौलागिरी र कर्णलीका जुम्ला ,कालिकोट, हुम्ला, मुगु, लमजुङ, स्याङजा, तनहँु, पर्वत, म्याग्दी, गोरखा र बाग्लुङ आँखा उपचार केन्द्रका लागि आवश्यक सहयोगहरु जुटाउँदै आईरहेको छ।