बझाङ- बझाङको केदारस्युँ गाउँपालिका–७ कि सुत्केरी महिला ज्ञाना धामीको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ।
सुत्केरी हुने क्रममा अत्याधिक रक्तस्राव भएपछि उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्दार गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, विद्यार्थी नेता प्रविन्द्र धामी, केदार गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष लोकेश भण्डारी, जिल्ला अस्पताल बझाङ प्रमुख र सुरक्षाकर्मीको सहयोगमा सुत्केरीको उद्दार गरिएको हो।
जिल्ला अस्पतालमा बझाङमा सुत्केरी हुन नसकेपछि ज्ञानाको अपरेशन गरिएको थियो। अपरेशनपछि अत्यधिक रक्तस्राव भएका कारण चिकित्सकले उनलाई तत्काल थप उपचारको जरुरी भएको बताएपछि हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको अस्पताल स्रोतले बताएको छ ।