डडेल्धुरा- डडेल्धुरा सदरमुकाममा जारी गौरा महोत्सवका अवसरका रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
मंगलबार सदरमुकामको बसपार्कमा कपडा बैकं परिवारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखा डडेल्धुरा, ह्वाइट पार्क कलेज, वीर बेताल प्याथोलोजी र डडेल्धुरा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सहयोग गरेका थिए।
कार्यक्रममा १८ जनाले रक्तदान गरेको ब्लड बैंक डडेल्धुराका प्रमुख गणेश ऐरले जानकारी दिए। डडेल्धुराका विभिन्न अस्पतालमा रतग अभाव रहेको अवस्थामा कार्यक्रमबाट संकलित रगतले केही सहज भएको उनको भनाई छ।