बझाङ- तलकोट गाउँपालिका–१सुनिकोटकोगोठीचौरमा भाइरल ज्वरो तथा रुघाखोकीकाका कारण अधिकांश मानिस थला परेका छन्।बिरामीहरूलाई चेकजाँच तथा उपचारका लागि सुनिकोट स्वास्थ्य चौकी गोठीचौर पुगेको छ।
हेल्थ असिस्टेन नरजित बहादुर खड्का, अहेब नरेन्द्रबहादुर थापा, अनमी सरस्वती जोसी सहितको टोली उपचारमासंलग्न भई ५६ जना बिरामीलाई सेवा तथा स्वास्थ्य शिक्षा प्रदान गरेका छन्। बिरामी हुनेमा बालबालिका तथा महिला बढी छन्।गाउँपालिकाको अति विकटमा पर्ने गोठीचौरका बासीन्दाले सामान्य ज्वरो आउँदासमेत सिटामोलका लागि २ घन्टा पैदल हिँडेर स्वास्थ्य चौकी आउनु पर्ने बाद्यता रहेको छ।
तीन सयजनसंख्या भएको ठाउँमा बर्थिङ सेन्टरतथाआधारभूत स्वास्थ्य केन्द्रको पनि अभाव छ।पटकपटक बर्थिङ सेन्टरको लागि गाउँपालिकालाई माग गर्दा पूर्ति हुन नसकेको स्वास्थ्य चौकीका अहेव थापा बताउँछन्।
गोठीचौरमा मासिक गाउँघर क्लिनिक र खोप क्लिनिक भने नियमित सञ्चालन हुँदै आएका छन्।