जनकपुर - प्रदेश २ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रको सुधारका लागि एक कार्यदल गठन गरेको छ। मन्त्रालयले प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सुझाबसहितको प्रतिवेदन बुझाउन डा रामकेवल साहको अध्यक्षतामा कार्यदल गठन गरेको हो।
कार्यदलमा डा रामकेवल साहको अध्यक्षतामा गठन भएको कायदलमा डा प्रमोद सर्राफ, डा अजयकुमार मिश्र, डा पशुपति चौधरी, डा सिद्धार्थ ठाकुर र रामानन्द पण्डित सदस्य छन् । कार्यदलको सदस्यसचिव लक्ष्मेश्वर झा रहेका छन्।
कार्यदललाई ६ महिनाको समय दिइएको छ।
