डडेल्धुरा– निजामति कर्मचारी दिवसको अवसरमा आइतबार जिल्लामा कार्यरत दुईजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ। जनस्वास्थ्य कार्यालय डडेल्धुराका हेल्थ असिस्टेन्ट प्रेम ऐर र साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवलाई सम्मानित गरिएको हो। दोसल्ला र प्रमाणपत्रसहित उनीहरुलाई सम्मानित गरिएको हो।
जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा देखिएको गम्भीर खालको झाडापखालाको प्रकोप नियन्त्रणमा उल्लेखिय काम गरेको भन्दै ऐर र यादवलाई सम्मान गरिएको प्रजिअ पौडेलले बताए।
यस्तै झाडापखालाको प्रकोप नियन्त्रणमा उल्लेखिय काम गरेको भन्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४, डडेल्धुरालाई पनि सम्मान गरिएको छ।
डडेल्धुरामा १६ औँ निजामती सेवा दिवस विविध कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ। ‘सक्षम निजामती प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइएको हो। २०६२ सालबाट हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउन थालिएको हो।